महिला साफ च्याम्पियनसिप : माल्दिभ्समाथि भारतको फराकिलो जित



विराटनगर : विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलमा भारतले विजयी सुरुवात गरेको छ। साविक विजेता समेत रहेको भारतले सहिद रंगशालामा बुधबार सम्पन्न उद्घाटन खेलमा माल्दिभ्सलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै भारतले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

प्रतियोगिताको उपाधि दाबेदारका रुपमा हेरिएको भारतले माल्दिभ्सविरुद्ध एकतर्फी खेल प्रदर्शन गरेको थियो । भारतले पहिलो हाफमा ५ र दोस्रो हाफमा थप एक गोल गर्यो । भारतको जितमा ७ औं मिनेटमा ग्रेस दाङमिन, १२ औं मिनेटमा स्विटीदेवी नाङवाङ, २२ औं मिनेटमा इन्दमती काथिरसेन, पहिलो हाफको इन्ज्युरी समयमा रतनवालादेवी नङमाईथेन तथा २७ र ८९ औं मिनेटमा सन्जुले गोल गरे।  

खेलअवधिभर माल्दिभ्सले भारतको पोष्टमा एउटा पनि राम्रो अवसर बनाउन सकेनन्।  भारतले गोल गर्नका लागि पाएका अरु धेरै अवसरसदुपयोग गर्न सकेन । जितसँगै भारतले महत्वपूर्ण ३ अंक बटुलेको छ । 

खेलपछि माल्दिभ्सका प्रशिक्षक मोहम्मद आतिफले आफ्ना मुख्य तीन खेलाडी घाइते भएका कारण आराम नगरिक मैदान उत्रनु पर्दा हारको नतिजा बेहोर्नुपरेको बताए ।

यता,भारतकी प्रशिक्षक मेमोल रोकीले खेलाडीको उत्कृष्ट प्रदर्शन नै जितको मुख्य कारण भएको बताइन् । प्रत्येक खेलबाट सिक्दै आफूहरु अघि बढ्ने क्रममा रहेका कारण आगामी खेलमा झन् उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्