सामुदायिक भवनको शिलान्यास



जनकपुरधाम : धनुषाको औरही र कमला नगरपालिकामा सामुदायिक भवनको शिलान्यास गरिएको छ । विवाह र विभिन्न उत्सवका लागि सुविधायुक्त ठाउँको आभाव भएपछि सामुदायिक भवनको शिलान्यास भएको हो ।

प्रतिनिधिसभा सांसद उमाशंकर अरगरियाले औरही गाउँपालिका १ पुरन्दहिया र कमला नगरपालिका ४ सघारामा एक हल र दुई कोठे भवन सहितको सामुदायिक भवनको शिलान्यास गरेका छन् ।

सांसद अरगरियाले स्थानीयलाई विवाह, ब्रतबन्ध लगायतका उत्सवमा सुविधायुक्त भवनको आभाव भइरहेको महसूस गरि आफ्नो सांसदीय कोषबाट स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सो भवन निर्माण गराउन लागेका हुन् । पुरन्दहियामा १८ लाख र सघारामा २० लाख रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्