नवलपरासी बस दुर्घटना: चालक निदाएका कारण दुर्घटना, मृत्यु हुनेकाे संख्या ६ पुग्याे



नवलपरासी : सिट क्षमता बढी यात्रु बोकेको रात्री बस महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला नजिक आइतबार बिहान ५ बजे दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।  ५ जनाको घटनास्थलमै र एकजनाको उपचारकोक्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

 

दुर्घटनामा मृत्यु हुने मध्ये जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीका कर्मचारी अब्दुल अन्सारी र नेपाली सेनामा कार्यरत गुल्मी हातचौर गाउँपालिका २ का ३५ वर्षका तिलक बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । यसैगरी मोरंगका १२ वर्षका सहुन कार्की, भोजपुरका रामजित राई, भारतीय नागरिक विद्यानन्द यादव रहेका छन् ।

 

४० जना यात्रु बोक्ने क्षमताको धरानबाट भैरहवातर्फ जाँदै गरेको रात्री बसले ५२ यात्रु बोकेको प्रहरीको भनाई छ।

 

दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए। बसका चालक निदाएका कारण बिहान बस राजमार्गबाट देब्रेतर्फ पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा १६ जना घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्