सामूहिक राजीनामाको तयारीमा सरकारी चिकित्सक



काठमाडौंः आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकले सेवाबाटै राजीनामा दिने बताएका छन् । पटक–पटक धर्ना, जुलुस, बहिरङ्ग (ओपीडी) सेवा बन्दलगायतका आन्दोलन गर्दा पनि चिकित्सकको मागलाई सरकारले सम्बोधन नगरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन् । 

सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले माग पूरा नगरे अब सरकारी सेवामा बसिरहनुको कुनै औचित्य नभएको बताए, याे खबर आजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस्