images

निर्मला हत्या प्रकरण: तत्कालीन एसपी विष्टसहित आठजना प्रहरीमाथिको फैसला हुँदै

द नेपालटप | प्रकाशित: २०७५-११-३० गते
निर्मला हत्या प्रकरण: तत्कालीन एसपी विष्टसहित आठजना प्रहरीमाथिको फैसला हुँदै

कैलाली : बालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा ‘यातना तथा सार्वजनिक’ न्यायविरुद्धको कसुरमा मुद्दा चलाइएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित आठजनाको थुनछेक बहस सकिएको छ । जिल्ला अदालतमा न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासमा दुई दिन भएको बहसको सुनुवाइ बिहीबार हुने अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।

वादी, प्रतिवादी र एमिकस क्युरीका अधिवक्ताले मंगलबार र बुधबार बहस गरेका थिए । तत्कालीन एसपी विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीश भट्ट, सइद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदको थुनछेक बहस भएको हो ।

आठैजनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीमा मुद्दा दायर गरेकी थिइन् । यस्तै, एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्स्पेक्टर खड्काविरुद्ध दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले पनि यातना कसुरसम्बन्धी मुद्दा दायर गरेका थिए । निर्मलालाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय दिलीपलाई पक्राउ गरी डिल्ली विष्ट नेतृत्वको प्रहरीले यातना दिएर अपराध स्विकार्न बाध्य पारेको थियो । ४ भदौमा अभियुक्तका रूपमा सार्वजनिक गरेका उनी पछि डिएनए रिपोर्टमा निर्दोष देखिएका थिए ।

प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा आठैजनाविरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले पूर्वएसपी विष्ट र सिआइबीका डिएसपी अंगुर जिसीबाहेक सबै प्रहरी अधिकृत र कर्मचारीलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको बताए । अदालतले विष्ट र जिसीका नाममा पनि पत्र काटेको छ । स्रेस्तेदार अवस्थीले विष्ट र जिसीका नाममा ३५ दिनभित्र आदालतमा उपस्थित हुन पत्र काटेको बताए ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

बझाङ जिप दुर्घटना (अपडेट) : १० जनाकाे मृत्यु, ४ घाइते

बझाङ जिप दुर्घटना (अपडेट) : १० जनाकाे मृत्यु, ४ घाइते

बझाङ : बझाङ जिप दुर्घटनामा परी १० जनाकाे निधन भएकाे खबर प्राप्त भएकाे छ । जिपमा १४ जना सवार रहे..

बझाङ जिप दुर्घटना अपडेट : आठ जनाकाे सनाखत

बझाङ जिप दुर्घटना अपडेट : आठ जनाकाे सनाखत

बझाङ : बझाङमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका ९ मध्ये ८ जनाकाे सनाखत भएको छ। जिल्ला सदरमुकाम चैन..

बझाङ जिप दुर्घटना (अपडेट) : मौसमका कारण उद्धारमा कठिनाइ

बझाङ जिप दुर्घटना (अपडेट) : मौसमका कारण उद्धारमा कठिनाइ

बझाङ : बझाङमा भएको जिप दुर्घटनामा परी ९ जनाको ज्यान गएको छ। घटनास्थलमा व्यापक हावाहुरी र पानी परिरहेकाले उद्धा..

बझाङ जिप दुर्घटना : ९ जनाकाे शव फेला, ५ घाइते

बझाङ जिप दुर्घटना : ९ जनाकाे शव फेला, ५ घाइते

बझाङ : बझाङ जिप दुर्घटनामा परी ९ जनाकाे निधन भएकाे खबर प्राप्त भएकाे छ । जिपमा १४ जना सवार रहेक..

बझाङ जिप दुर्घटना : ९ जनाकाे शव फेला

बझाङ जिप दुर्घटना : ९ जनाकाे शव फेला

बझाङ : जिप दुर्घटनामा परी ९ जनाकाे निधन भएकाे खबर प्राप्त भएकाे छ । सडकबाट जिप पाँच सय मिटर&nbs..

बझाङ जिप दुर्घटना : जिपमा सवार सबैकाे निधन !

बझाङ जिप दुर्घटना : जिपमा सवार सबैकाे निधन !

बझाङ : जिप दुर्घटनामा परी जिपमा सवार सबैकाे निधन भएकाे खबर प्राप्त भएकाे छ।  आज दिउँसाे भएकाे सदर..