बिहेमा जान लागेको बसमा आगजनी, गाडी रोक्न खोज्ने ३ जना प्रहरीे नियन्त्रणमा



कैलालीः नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा कैलाली जिल्लामा एउटा सवारीसाधनमा आगजनी भएको छ भने गाडी रोक्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले स्कर्टिङ गरेर गाडीहरू गन्तव्यतर्फ पठाइरहेको भए पनि प्रहरीले रोक्दा रोक्दै पनि विवाहका लागि सुखडदेखि भजनीको बाटोमा गएको मे १ ख ४४१ नम्बरको बसलाई जंगलमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ। 

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लालाई तराई जोड्ने भीमदत्त राजमार्गको गोदावरीखण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै रोक्न खोज्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको एसपी आभूषण तिमिल्सिनाले बताए। यसबाहेक कुनै घटना नभएको र बन्दको सामान्य प्रभाव रहे पनि सुरक्षा ब्यवस्था कडा पारिएको उनले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्