images

बार्यनलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

द नेपालटप | प्रकाशित: २०७५-११-३० गते
बार्यनलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं : जर्मन क्लब बार्यन म्युनिखलाई ३–१ ले पराजित गर्दै इङ्लिस क्लब लिभरपुल च्याम्पिन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति बार्यनको घरेलु मैदानमा भएको सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा साडियो मानेले २ गोल गरेपछि लिभरपुलले अन्तिम ८ को यात्रा पक्का गर्यो।

 लिभरपुलको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो। खेलको २६ औं मिनेटमा भर्जिल भान डिकको पासलाई सदुपयोग गर्दै मालेले लिभरपुललाई अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा लिभरपुलका जोइल माटिपले आत्माघाति गोल गरेपछि खेल एक–एकको बराबरीमा पुगेको थियो।

६९ औं मिनेटमा जेम्स मिल्नरको कर्नरमा भान डिकले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए। त्यस्तै ८४ औं मिनेटमा मानेले ब्याक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै लिभरपुलको जित पक्का गरे।

जितसँगै च्याम्पियन्स लिग क्वाटरफाइनलमा ४ इङ्लिस क्लब पुगेका छन्। सन् २००९ यता ४ वटा टिम अन्तिम आठमा पुगेको यो पहिलो पटक हो। यसपटक लिभरपुलसँगै म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामले अन्तिम ८ को यात्रा तय गरेका छन्। 

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

पाराग्वेसँग अर्जेन्टिनाको बराबरी 

पाराग्वेसँग अर्जेन्टिनाको बराबरी 

काठमाडौं : ब्राजिलमा जारी ४६औं कोपा अमेरिकाको आज (बिहिबार)को खेल सम्पन्न भएको छ। यो खेलमा पाराग्वेसँग अर्जेन्ट..

क्रिकेट विश्वकप : साविकको विजेतासँग बंगलादेश खेल्दै

क्रिकेट विश्वकप : साविकको विजेतासँग बंगलादेश खेल्दै

काठमाडौं : एक दिवसीय विश्वपका क्रिकेटमा आज अष्ट्रेलिया र बंगलादेशको खेल हुने भएको छ। नेपाली समयअनुसार सवा तीनम..

पहिलो हाफमा अर्जेन्टिनाविरुद्ध पाराग्वे एक गोलको अग्रतामा

पहिलो हाफमा अर्जेन्टिनाविरुद्ध पाराग्वे एक गोलको अग्रतामा

काठमाडौं : ब्राजिलमा जारी ४६औं कोपा अमेरिकाको आज (बिहिबार)को खेल जारी छ। यो खेलमा पाराग्वे र अर्जेन्टिनाको भिडन्त च..

इलाममा पूर्वी पहाडकै पहिलो फुटबल प्रशिक्षण केन्द्र बन्दै

इलाममा पूर्वी पहाडकै पहिलो फुटबल प्रशिक्षण केन्द्र बन्दै

इलाम : इलामको पूर्वी क्षेत्रमा पर्ने सूर्याेदय नगरपालिकाको करफोकमा फुटवल ट्रेनिङ सेन्टर स्थापना हुने भएको..

कतारलाई हराउँदै कोलम्बिया क्वार्टरफाइलमा

कतारलाई हराउँदै कोलम्बिया क्वार्टरफाइलमा

एजेन्सी : ब्राजिलमा जारी कोपा अमेरिकाको बिहीबार बिहान सम्पन्न खेलमा कोलम्बियाले कतारमाथि १–० को संघर्षपूर्ण ज..

न्युजिल्यान्ड शीर्षस्थानमा, अफ्रिका बाहिरिँदै

न्युजिल्यान्ड शीर्षस्थानमा, अफ्रिका बाहिरिँदै

काठमाडौं : इंग्ल्यान्ड र वेल्समा जारी १२ औं संस्करणको एकदिवसिय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई..