‘शुभ लभ’ चैत्र १५मा रिलिज हुँदैं



काठमाडौं : फिल्म ‘शुभ लभ’ चैत्र १५ गते रिलिजको तयारीमा रहेको छ । यस फिल्मको ‘टुक्रियो एउटा सपना’ बोलको गीत सार्वजनिक भएको छ ।

युट्युब मार्फत सार्वजनिक गरिएको उक्त गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर रहेको छ । गीतको भिडियोमा भने फिल्मका मुख्य कलाकार हरिहर अधिकारी प्रेम पीडा र छटपटीलाई देखाइएको छ ।

ज्योतिषी हरिहर अधिकारी यस फिल्ममा पनि ज्योतिषीको भूमिकामा रहेको छ । यस फिल्मबाट उनको जोडी बनेर नायिका क्रिष्टिन पौडेलले डेब्यु गर्दैछिन् । यस फिल्ममा राजाराम पौडेल, सरोज खनाल, राजा राजेन्द्र पोख्रेल, प्रदिप बास्तोला, सूर्या थापा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

यस फिल्ममा प्रदीपकुमार उदयको प्रस्तुति रहेको छ । फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका छन् । धर्मराज शर्मा सुवेदी निर्माता रहेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, अभिमन्यू निरबीको पटकथा तथा संवाद, वन नेपाल स्टन्ट टिमको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्