आज फेरि शेयर बजार घट्यो



काठमाडौंः शेयर बजार परिसूचक आज (मंगलबार) पनि घटेको छ । आज नेप्से १४.९९ अंकले घटेर १४ सय ४९.९४ अंकमा झरेको हो ।

बजारमा ‘क’ वर्गका परिसूचकको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.५६ अंकले घटेको छ । बजारमा व्यापारिक, होटल्स, उत्पादन, म्यूचुअल फण्ड समूहको परिसूचकमा सुधार आएको छ ।

बाँकी सबै समूहको परिसूचक घटेको आएको छ । बजारमा १ सय ८५ कम्पनीका ४९ लाख ७६ हजार ४ सय ८८ कित्ता शेयर २६ हजार ६ सय ४१ पटक खरिदबिक्री हुँदा १ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्