बलिउड नायिका रेखाको सौन्दर्यको रहस्य



एजेन्सी : बलिउडकी चर्चित नायिका रेखाको खास नाम भानुरेखा गणेशन हो । उमेरले ६० भन्दा उकालो लागिसकेकी उनी सदावहार सौन्दर्यका कारण सधैंजसो चर्चामा रहेकी हुन्छिन् । उनलाई ‘एजलेस ब्युटी अफ बलिउड’ को उपमा समेत दिइएको छ ।

सन् १९७० को अन्त्यतिर हिन्दी रजतपटमा उदाएकी उनी बि–टाउनका सबै नायिकाको रोलमोडल बनेकी छन् भन्दा अत्युक्ति नहोला । बलिउडका मेगास्टार अमिताभ बच्चनसमेत कुनै समय उनको सौन्दर्यमा लठ्ठिएका थिए । उनको सदावहार सौन्दर्यको रहस्य के हो त ? 

रेखाको चम्किलो अनुहारको रहस्य उनले धेरै पानी पिउनु हो । उनी दैनिक १० देखि १२ ग्लास पानी पिउँछिन् । यसबाट उनको छाला सुक्खा हुन पाउँदैन । उनी शारीरिक फिटनेसका लागि ताजा र पर्याप्त पोषणयुक्त भोजन गर्छिन् । उनी जंकफुड, तारेको, बढी पकाइएका र जे पायो त्यही खानेकुरा मुखमै हाल्दिनन् ।

उनी दिनहुँ चाँडै सुत्ने र सबेरै उठ्छिन् । पर्याप्त निद्राले उनलाई चुस्त तन्दुरुस्त, सुन्दर, स्वस्थ र हमेशा तरोताजा रहन मद्दत गर्छ । शरीर स्वस्थ र सुन्दर राख्न उनी आयुर्वेदिक उपचार र एरोमाथेरापीमा पनि जाने गर्छिन् । घरमै स्पा गर्छिन् ।

उनको दिनचर्या अनुशासित छ । सधैं खुसी र तनावरहित रहनु नै उनको सुन्दरता र व्यक्तित्वको एउटा पक्ष हो । उनी कपाल स्वस्थ्य र सुन्दर राख्न अमला, सिकाकाई र नरिबल तेलको हेयर प्याक प्रयोग गर्छिन्  । उनी सातामा एकपटक मह, दही र अन्डाको हेयरप्याक प्रयोग गर्छिन् ।

यसले उनको कपाल लामो, सुन्दर र चम्किलो रहन्छ । उनी कपाल नसुकी कहिल्यै काँइयो प्रयोग गर्दिनन् र सुक्न दिन्छिन् । उनी हेयर ड्रायर पनि कहिल्यै प्रयोग गर्दिनन् । सहकर्मीहरू पाउडरबेस्ड ड्राई मेकअप गर्छन् तर उनी भने ओइलबेस्ड मेकअप प्रयोग गर्छिन् ।

फिल्ममा काम गर्दा पनि आफैं मेकअप गर्ने नायिका हुन् उनी । आँखा र ओठको मेकअपले उनी औधी बोल्ड देखिन्छिन् । क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ नियमित गर्ने उनी मेकअप सफा नगरी सुत्न जाँदिनन् ।

यतिमै सीमित छैनन् उनी । मन, मस्तिष्क र शरीर स्वस्थ्य राख्न उनी दैनिक १०–१५ मिनेट शारीरिक व्यायाम गर्छिन् । उनी हरेक दिन योग र ध्यान गर्छिन् । यसले उनको व्यक्तित्व अझै निखार्छ । 

कुशल नृत्यांगना उनी नृत्यको नियमित अभ्यास गर्न छुटाउँदिनन् । यसका साथै उनी फूलबारीमा गोडमेलसमेत आफैं गर्छिन् । शाकाहारी रेखा भारतीय खानामा समाविष्ट मसलाले शरीर स्वस्थ बनाउनेमा विश्वास राख्छिन् ।

अनार, कालो अंगुर, बदाम, पिस्ता, ब्रोकाउली, एभोकाडो बढी खान रुचाउने उनलाई यी फलफूलले आफ्नो शरीर, छाला र कपाल स्वस्थ राख्नेमा उनी विश्वस्त छिन् । सधैं सन्तुलन भोजन गर्ने उनले आफ्नो खानामा एक कचौरा तरकारी, दही, तातो चपाती र सलाद समावेश गर्छिन् । उनी साँझ साढे ७ बजेअघि नै भोजन गरिसक्छिन् ।

प्रतिक्रिया दिनुहोस्