बिहेको सिजनमा पनि घट्यो सुन किनबेच



काठमाडौं : बिहेको सिजन चलिरहे पनि यस वर्ष सुनको कारोबार घटेको छ। मूल्य वृद्धि र सर्वसाधारणले हलुका र सामान्य गरगहना लगाउन थालेकाले यस वर्ष सुनको कारोबार घटेको सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए ।

उनका अनुसार माघमा २५ देखि ३० केजी सुन बिक्री भएको थियो भने फागुनमा २० देखि २५ केजी बिक्री भएको छ। यसअघि ३५ केजीसम्म सुन बिक्री हुने गरेको उनले जानकारी दिए। यस वर्ष चाँदीको सामान्य कारोबार भएको उपाध्यक्ष शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्