२१ लाख बराबरको मदिरासहित चारवटा ट्याक्टर प्रहरीको नियन्त्रणमा



जनकपुरधाम : नेपालबाट भारततर्फ लैजाँदै गरेको २१ लाख मूल्य बराबरको मदिरासहित चार वटा ट्याक्टर धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको कमला नगरपालिका वडा नं. ४ सघाराचोकबाट चारवटा ट्याक्टरमा राखिएको १ हजार मदिराको कार्टुन इलाका प्रहरी कार्यालय खजुरीबाट खटेको प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

ज १ त ७८६९, ज १ त ९१०३, ज २ त ९३२ र ज १ त ४१६१ नम्बरको ट्रयाक्टरमा गौरव सोफि नामक एकहजार कार्टुन मदिरा भारततर्फ लैजाँदैगरेको अवस्थामा बरामद गरिएको कार्कीले जानकारी दिए ।

२० लाख ८७ हजार ५ सय बराबरको मदिरासहित चारवटै ट्याक्टरलाई आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : साउन ७, २०७७

प्रतिक्रिया दिनुहोस्