वसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व सुरु



काठमाडौं : बिहीबार काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएको छ । बिहान ११ः४५ को साइतमा ३२ फिट उचाइको रङ्गीबिरङ्गी ध्वजासहितको चीर उठाइ फागुको विधीवत सुरुवात गरिएको हो । 

चीर ठड्याएसंगै देशभर औपचारिक रूपमा होली पर्व सुरु भएको धालासिक्व मानन्धर सना गू खलः का  सचिव मदनरत्न मानन्धरले जानकारी दिए ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमा सम्म होमी पर्व मनाइन्छ । होली पर्व एकआपसमा भाइचारा बढाउने, असत्यमाथि सत्यको विजय, वसन्त ऋतुको आगमन, खुसीयाली बाँढ्ने उद्देश्यले मनाउने गरिन्छ ।

यस वर्ष काठमाडौं उपत्यका सहित पहाडी जिल्लाहरूमा चैत ६ गते र तराईका जिल्लाहरूमा ७ गते होली पर्व परेको छ ।

प्रतिक्रिया दिनुहोस्