साफ महिला च्याम्पियनसिप : बंगलादेशद्वारा भुटान पराजित, नेपाल एक खेल अगावै सेमिफाइनलमा



विराटनगर : साफ महिला च्याम्पियनसिपको समूह चरणको दोस्रो खेलमा बंगलादेशले भुटानलाई पराजित गरेको छ । बिहीबार विराटनगरको सहिद रगंशालामा भएको खेलमा बंगलादेशले भुटानलाई २–० गोलले पराजित गरेको हो ।

बंगलादेशले भुटानलाई हराएसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’बाट बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरेको छ । 

भुटान भने प्रतियोगिताको समूह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । बंगलादेशको जितमा मिश्रात जहान मौसमीले ४७ औँ मिनेटमा पहिलो गोल गरिन् । त्यसै गरी खेलको ८५ औँ मिनेटमा कप्तान सविना खातुनले दोस्रो गोल गरिन् ।

शनिबार हुने नेपाल र बंलादेशबीचको खेलले समूह विजेता टोलीको टुङ्गो लगाउने छ । 

प्रतिक्रिया दिनुहोस्