images

हतियार बुझाउन विप्लवलाई सरकारको ३५ दिने अल्टिमेटम

द नेपालटप | प्रकाशित: २०७५-११-३० गते
हतियार बुझाउन विप्लवलाई सरकारको ३५ दिने अल्टिमेटम

काठमाडौं : सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन अल्टिमेटम दिएको छ । बिहीबार मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट गरे । विप्लव समूहले आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उसका त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने, ‘यसका लागि रातो कार्पेट ओछ्याएरै बिन्ती गर्छौँ तर उहाँहरूको अडान हेर्दा त्यस्तो देखिएन र सरकार यो निर्णयमा पुगेको हो ।” उनले वार्ताका लागि पटक पटक तयार भए पनि वार्तामा नआएको सो समूहका गतिविधिलाई सरकारले सूक्ष्मरुपमा अध्ययन गरी त्यसका आधारमा पार्टीलाई नभई समूहका हिंसात्मक र सङ्गठित प्रकारका आपराधिक र संविधानविरीतका गतिविधिलाई प्रतिबन्ध लगाइएको स्पष्ट पारे ।

प्रमुख प्रतिपक्षी दलले पनि सरकारको यो निर्णयलाई स्वागत गरिसकेका अवस्थामा सत्तारुढ पार्टीभित्र यसबारे छलफल भएको र थप छलफल हुने पनि जानकारी दिए । विप्लव समूहले आज नेपाल बन्द आह्वान गरेको थियो । एक प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले सरकार र चन्द्रकान्त (सीके) राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग गरिएको सहमतिमा उल्लिखित जनअभिमतको विधि प्रयोग गरिने भनिनुको अर्थ निर्वाचनबाट जनताले अभिव्यक्त गर्ने मत भएको जनाए । उनले भने, “सिके राउत मूलधारमा आउनुभयो । सरकारले स्वागत गर्याे । भोली विप्लव समूह पनि आएमा सरकारले स्वागत गर्छ ।”

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

बार अध्यक्षमा वामपन्थी समूहका श्रेष्ठ विजयी

बार अध्यक्षमा वामपन्थी समूहका श्रेष्ठ विजयी

काठमाडौं : कानून व्यवसायीको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्र..

यसरी बाहिरिएको थियो प्रदेश २ मा एसइईको प्रश्नपत्र, घटनामा संलग्न ६ जना सार्वजनिक

यसरी बाहिरिएको थियो प्रदेश २ मा एसइईको प्रश्नपत्र, घटनामा संलग्न ६ जना सार्वजनिक

जनकपुरधाम : प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र बाहिरिएको घटनामा संलग्नलाई प्रहरीले..

प्रजापती कुम्हार संघको सातौं महाधिवेशन हुँदै, राज्यले विभेद गरेको गुनासो

प्रजापती कुम्हार संघको सातौं महाधिवेशन हुँदै, राज्यले विभेद गरेको गुनासो

काठमाडाैंः नेपाल प्रजापती कुम्हार संघले सातौं महाधिवेशन गर्ने भएको छ । मधेसी समुदायअन्तर्गत पर्ने यो जाति देशभ..

जनकपुर अञ्चल अस्पताल भ्रष्टाचारमा लिप्त, सम्बन्धित निकाय मौन  

जनकपुर अञ्चल अस्पताल भ्रष्टाचारमा लिप्त, सम्बन्धित निकाय मौन  

जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालमा बिरामीलाई खाना, इन्धन र तलब भत्ता लगायतका विभिन्न शिर्षकमा छुट्टिएको रकम भ्..

सामाजिक सञ्जालमा २०७४ सालको प्रश्नपत्र राखेर विद्यार्थी झुक्याइँदै

सामाजिक सञ्जालमा २०७४ सालको प्रश्नपत्र राखेर विद्यार्थी झुक्याइँदै

जनकपुरधाम : देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) भइरहेका बेला प्रदेश नम्बर २ मा भने दुई दिनको परीक्षा स्थगित भ..

यसकारण हुन्छन् सुदूरपश्चिममा ठूला सवारी दुर्घटना

यसकारण हुन्छन् सुदूरपश्चिममा ठूला सवारी दुर्घटना

कैलाली : सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाका कारण वर्षेनी सयौं सर्वसाधारणले अकालकै ज्यान गुमाइरहेका छन् भने..