कर्णालीमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ : कर्णाली प्रदेशमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका १६ जना र कालिकोटका ६ जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेशमा कुल संक्रमितको संख्या एक हजार ७८३ पुगेको छ ।

संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने १ हजार ५४६ जना निको भएर घर फर्किएका छन् । आज मात्र १३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्