सामान्य विवाद हुँदा श्रीमानले गरे कुटीकुटी श्रीमतीकाे हत्या



 गुल्मी : गुल्मीमा श्रीमानले श्रीमतीलाई कुटपिट गरेर हत्या गरेका छन् । जिल्लाको मुसिकोट –७, इन्द्रेगौडाका ३५ वर्षीय पंकज कुमालले श्रीमती ३० वर्षीया लाली कुमालको हत्या गरेका हुन् ।

 

गुल्मी प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतका अनुसार पंकजले चिरपट दाउराको प्रयोग गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

 

शनिबार राति भएको पारिवारिक झगडाका क्रममा उनले कुटपिट गर्दा श्रीमतीको हत्या भएको पंकजले पनि स्वीकारेका छन् । कुमाललाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्