एसीसी यू–१६ क्रिकेट : नेपालले पहिलो खेल म्यानमारसंग खेल्ने



काठमाडौं : थाइल्याण्डमा हुने एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । आयोजक थाइल्याण्डले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा म्यानमारसंग प्रतिस्पर्धा गर्ने भएको छ । 

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल अप्रिल २० म्यानमारसंग खेल्नेछ । नेपाल रहेको समूहमा आयोजक थाइल्याण्ड र मलेसिया छन् । 

त्यस्तै समूह ‘बी’ मा हङकङ, सिंगापुर, भुटान र चीन रहेको छन् । नेपालले दोस्रो खेलमा अप्रिल २४ मा मलेसिया र अन्तिम खेलमा अप्रिल २५ मा आयोजक थाइल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । खेल ३५ ओभरको हुने छ । 

समूहमा बिभाजन गरि खेलाइने प्रतियोगिताको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्