पर्सामा ९ वर्षीया बालिका बलात्कृत



वीरगन्ज : पर्सामा पुनः एक बालिका बलात्कारको सिकार भएकी छिन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटमा डेरा गरी बस्ने ९ वर्षीया बालिका बलात्कारको सिकार भएकी हुन् । बहुदरामाई नगरपालिका वडा नम्बर ३ का २५ वर्षीय राजन साह तुराहाले बुधबार दिउँसो मिठाईको प्रलोभन देखाएर बालिकालाई बलात्कार गरेको पर्सा प्रहरी प्रवक्ता आनन्द राम शर्माले जानकारी दिए ।

घरमा एक्लै खेलिरहेका बेला ती बालिकालाई मिठाईको प्रलोभन देखाएर सोहि घरमा डेरा गरी बस्ने तुराहाले आफ्नो कोठामा लगि जबरजस्ती करणी गरेको पीडित बालिकाकी आमाले बताइन् । बलात्कृत बालिकालाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको छ । आफू बजार समान किन्न गएको बेला छोरीको बलात्कार भएको बालिकाकी आमाले बताइन् ।

घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पर्सामा चालू आर्थिक वर्षको फागुन समान्तसम्म २५ वटा जबरजस्ती करणी र २ वटा जरबजस्ती करणी उद्योगमा मुद्दा दायर भएको छ । जसमध्ये ११ जना जबरजस्ती करणी र १ जना जरबजस्ती करणी उद्योगमा मुद्दामा फरार रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्