नेविसंघको सभापतिमा ४ महिला नेतृको दावी



काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेरहद लागू भएसँगै संघको सभापतिका लागि विद्यार्थी नेतृहरुले पनि दाबी गर्न सुरु गरेका छन्। 

 

युवा विद्यार्थीहरुको चर्चासँगै विद्यार्थी नेतृहरुले पुरुषसरह आफूहरु पनि योग्य भएको बताएका छन्। ४८ वर्षको इतिहास रहेको नेविसंघमा हालसम्म महिलाबाट सभापति हुन सकेका छैनन्। 

 

३२ वर्षे उमेर हदबन्दी लागू भएपछि विद्यार्थी नेतृहरुले मूल नेतृत्वमा दाबी गरेका हुन्। पार्टीका तीन समूहमा रहेका चार विद्यार्थी नेतृहरुले आआफ्नो दाबी प्रस्तुत गरेका छन्। 

 

कांग्रेस संस्थापन पक्षको नजिक रहेकी अम्बिका चलाउनेले सभापतिको दाबी गरेकी छन्। चलाउने संघकी सहमहामन्त्री पनि हुन्। उनि अछामस्थित पञ्चदेवल नगरपालिकाकी उपमेयर पनि हुन्। 

 

पौडेल समूहबाट पुनम लामाले पनि संघको सभापतिको लागि दाबी गरेकी छन्। लामा संघको केन्द्रीय सदस्य हुन्। 

 

कांग्रेसको तेस्रो धारका रुपमा परिचित समूहबाट निमा गिरी र जानुका पन्तको नाम चर्चामा आएको छ। गिरी ११औं महाधिवेसनमा कोषाध्यक्षमा पराजित विद्यार्थी नेतृ हुन्। पन्त वर्तमान कार्य समितिमा विद्यार्थी नेतृमा सबैभन्दा सक्रिय विद्यार्थी नेतृका रुपमा परिचित छन्।

 

प्युठान निवासी गिरी महासमिति सदस्यको साथै त्रिविको नेविसंघ इकाइको उपाध्यक्षको भूमिका निर्वाह गरिसकेकी छन्। गिरी अनुसन्धान र सामाजिक अभियन्ता पनि हुन्। 

प्रतिक्रिया दिनुहोस्