मुख्यमन्त्री कप : पुरुष क्रिकेटमा सुदूरपश्चिम र प्रदेश २ सेमिफाइनलमा



कैलाली : प्रथम अन्तरप्रदेशस्तरीय मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत हिजो भएका खेलमा हार व्यहोर्दै कर्णाली र प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएका छन्। दुवै टोलीले लगातार दुई खेल गुमाएका हुन्। 

प्रदेश ४ सँग ५६ रनको अन्तरले पराजित हुँदै प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको हो। प्रदेश ५ को यो लगातार दोश्रो हार हो। यसअघि भएको खेलमा प्रदेश १ सँग ५ रनले पराजित भएको थियो।

टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८६ रन बनाएको थियो। उसका लागि किशोर महतोले सर्वाधिक १९ रन, विधान श्रेष्ठले १८ रन, मन्जिल न्यौपानेले अविजित १५ रन र सन्तोष न्यौपानेले १३ रन बनाए। 

गण्डकीका लागि रुपेश कुर्मी र कृष्ण कार्कीले समान २÷२ विकेट लिए। कप्तान सन्दीप सुनार र सिद्धान्त राजको नाममा १/१ विकेट रह्यो। कर्णाली प्रदेशले दिएको ८७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश ५ ले १३.२ ओभरमा सबै विकेट गुमाउँदै ३० रन मात्रै बनाउन सक्यो। उसलाई सस्तैमा समेट्न प्रदेश ४ का बलर विपिन खत्रीले ५ विकेट लिए । ४ ओभर बलिङ गर्दै १ मेडन राखेका उनले ७ रन मात्रै खर्चिए। 

राजु गुरुङले २ विकेट लिए। प्रदेश ५ का लागि ८ नम्बरमा आएका विक्रम भुसालले सर्वाधिक ८ रन बनाए। प्रतियोगितामा सातै प्रदेशका टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ।  समूह ए मा प्रदेश गण्डकी प्रदेशसहित प्रदेश नम्बर १, ३, र ५ छन् । प्रदेश १ ले हिजोको पहिलो खेलमा जित निकालेको छ। 

हिजो नै भएको दोस्रो खेलमा पनि हार व्यहोर्दै कर्णाली प्रदेश पनि प्रतियोगिताबाट बाहिरिएको छ। कर्णाली प्रदेश २ सँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। टस जितेर पहिले व्याटिङ गर्दै कर्णालीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो। सो पारीमा रवीन्द्रजंग शाहीले २८ रन बनाउनुबाहेक अरुले दोहोरो रन अंक बनाउन सकेनन्। प्रदेश २ का लागि समसाद सेखले ३ विकेट लिए। 

सुनिल मिश्र र दिभेन्सु मल्लिकले दुई दुई विकेट लिए। ६९ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले १४.१ ओभरमा २ विकेट क्षतिमा लक्ष्य भेट्टायो। उसका लागि सुधीर चौधरीले सर्वाधिक ३७ रन बनाए। विशाल सुस्लिङ र हसिम अन्सारीले १४/१४ रन बनाए। 

कर्णाली प्रदेशका लागि दिवन पुनले एक विकेट लिए। समूह बी मा सुदूरपश्चिम कर्णाली र प्रदेश २ छन्। यो समूहबाट भने सुदूरपश्चिम र प्रदेश २ सेमिफाइनल पुगेका छन्। समूहको विजेता र उपविजेताको टुंगो भने दुवै बीचको खेलपछि लाग्नेछ। 

प्रतिक्रिया दिनुहोस्