कोरोना पोजेटिभ देखिएका यी बलिउड स्टार



एजेन्सी : कोरोनाभाइरसका लागि सबै बराबर हो । यसबाट सबै भयभीत भइरहेका छन् । भारतमा दैनिक हजारौंको संख्यामा कोरोनाभाइरसका बिरामी थपिँदै गएका छन् । कतिपय बलिउड सेलिब्रेटी र काम गर्ने स्टाफमा पनि कोरोना भाइरस पुष्टि भइसकेको छ ।

बलिउडका यी केही सेलिब्रेटी जसमा कोरोना पोजेटिभ देखिएको छ :-

अमिताभ बच्चन :- बलिउडका महानायक अमिताभ बच्चनमा कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना देखिएपछि उनि अस्पताल भर्ना भएका छन । फ्यानले अमिताभको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पुजापाठ गरेकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे । उक्त भिडियाे भाइरल भए सँगै अमिताभले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानलाई धन्यवाद दिएका छन् । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।

amitabh bachchan shares this beautiful poem on twitter ...

अभिषेक बच्चन :- अमिताभ बच्चनका छोरा अभिषेक बच्चनमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । अभिषेकले आफूमा पनि कोरोना संक्रमण भएको ट्वीटमार्फत जानकारी दिएका थिए ।

After Amitabh Bachchan, Abhishek Bachchan also got Corona positive ...

ऐश्वर्या राय बच्चन :- अभिनेत्री ऐश्वर्या रायमा पनि कोरोना पोजेटिभ देखिएको छ । साथै उनकी छोरी आरध्यामा पनि कोरोना पोजेटिभ देखिएको छ । शुरुमा दुवैजना होम क्वारेन्टाइनमा थिए । पछि उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

ऐश्वर्या राय बच्चन ने मनाया अपना 46 ...

राजु खेर :- अनुपम खेरका भाइ राज खेरमा पनि कोरोना पोजेटिभ देखिएको छ । साथै उनकी पत्नीमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । यी दुवैलाई अस्पतालमा भर्ना गरिएको छ ।

पुरब कोहली :- बलिउडकर्मी पुरब कोहलीको परिवारमा पनि कोरोना भाइरस देखिएको छ । उनले सामाजिक सञ्जालमार्फत आफ्नो कोरोना संक्रमित भएको बताएका थिए ।

करीम मोरानी :- फिल्म निर्माता करीम मोरानी पनि कोरोना भाइरसको शिकार बने । उनीसहित र्दु छोरा जोया र शाजा मोरानीमा पनि कोरोना देखिएको थियो । पछि निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

कनिका कपूर :- गायिका कनिका कपूरमा पनि कोरोना पोजेटिभ देखियो । उनी बलिउडकी पहिली कोरोना पोजेटिभ हुन् । लण्डनबाट भारत आउने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाका कारण अस्पताल भर्ना भएकी उनी निको भएर घर फर्किसकेकी छिन् ।

good news for kanika kapoor she is now corona free | कनिका ...

यसका अलावा दक्षिण भारतीय अभिनेता ध्रुव सरजा र उनकी पत्नी, त्यस्तै ऐश्वर्या अर्जुनमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

अभिनेता आमिर खानका स्टाफमा पनि कोरोना भाइरसको संक्रमण भएको थियो ।

प्रकाशित : साउन ८, २०७७

प्रतिक्रिया दिनुहोस्