लकडाउन खुल्यो भन्दैमा मास्क नलगाउनेलाई जरिवाना


कर्णाली : जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ । गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई रु १०० जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो ।

निर्देशन गतअसार २४ गतेबाट कार्यान्वयन तहमा लैजाँदा साउन ७ गतेसम्म एक हजार ५९ व्यक्ति कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।“असार २४ गतेदेखि यहाँका नागरिकलाई अनिवार्यरुपमा मास्क लगाएर हिँड्डुल गर्न सूचना गरेको प्रहरीले अटेरी गर्ने एक हजार ५९ व्यक्तिलाई कारवाही गरेको हो”, उनले भने, “उनीहरुलाई रु १०० जरिवाना गर्दा कूल जम्मा रु एक लाख पाँच हजार ९०० राजस्व सङ्कलन भएको छ ।”

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले मास्कको प्रयोगबिना बाहिर निस्कन दिएको निर्देशन विपरीत हिँड्डुल गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप रु १०० जरिवाना तिर्न लगाइएको बताए । कोरोना सङ्क्रमण निवारण नभएकाले नागरिकलाई भौतिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन सूचना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

नेपालगन्जः प्रदेशसभाको सार्वजनिक लेखा समितिले सवारी साधन मर्मतमा भएको अनियमितताको छानविन शुरु गरेको छ ।

काठमाडौंः यो वर्षको सबैभन्दा धेरै उल्ला वर्ष बुधबार रातिदेखि बिहीबार बिहानसम्म हुँदैछ । नेपाल एस्ट्रोनोमिकल

काठमाडौं : नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै

जनकपुर : जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा गत सोमबार मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण

सिन्धुली : समुदाय स्तरमा कोरोना संक्रमण फैलिनसक्ने आंशकामा सिन्धुली जिल्ला सदरमुकामस्थित कमलामाई नगरपालिका एक साताका

पेरिस : महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन्

मोरङ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कालापानी क्षेत्रमा उत्पन्न सीमा विवादका कारण केही समयदेखि संवादहीनताको अवस्थामा रहेको नेपाल र

काठमाडौं : ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ

जनकपुरधाम : कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको छ

बुटवल : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना भएका कपिलवस्तुका दुई जना पुरुषको मृत्यु

बाजुरा : गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको