बाख्रा चराउन गएकी ७ वर्षीया बालिका बलात्कृत



अछाम : अछामको कमलबजार नगरपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् भने अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ ।

 

दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले कमलबजार–५ का एक १८ बर्षीय युवकलाई पक्राउ गरेको छ । उनलाई शनिबार साँझ अछाम प्रहरीले पक्राउ गरेको भए पनि परिचय खुलाएको छैन ।

 

 ती युवकले शनिबार गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै लात्कार गरेका थिए । पीडित बालिका बुवाका अनुसार छोरीलाई घडी दिएर ललाई फकाई गरेर बलात्कार गरेका हुन् । पीडित बालिका बुवाले प्रहरीमा दिएको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

पीडितका बुवाले प्रहरीमा दिएको उजुरी अनुसार आफ्नो छोरीलाई ती युवकले घडी दिइ फकाएर बलात्कार गरेको थिए । ‘कसैलाई भनेमा मारिदिने धम्की दिएको करणी भएको देखिएको छ’, प्रहरी स्रोतकाे भनार्इ छ ।

 

घटनामा संलग्न युवकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्