दोलखा बस दुर्घटनाः २ जनाको मृत्य, २४ घाइते, ४ गम्भीर



दोलखाः दोलखामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदार लिएर गुडेको बा ४ ख ४५७३ नम्बरको बस ७ः४५ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएका हो । जसमा २४ जना घाइते भएका छन् ।

घाइतेमध्ये  ४ को अवस्था गम्भीर छ । मृत्यु हुनमाा सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मस्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ। 

शुक्रवार विहान कामदार बोकेर माथिल्लो तामाकोशीको मुख्य टनेल जोड्ने नयाँ बाटोतर्फ जदा बस बिगो गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना भएको हो । बस सडकबाट ३० मिटर तल खसेको छ । उक्त बस सिनो हाइड्रोले भाडामा चलाएको थियो।

प्रहरी निरीक्षक फुर्गेली शेर्पाको अनुसार दुर्घटनामा घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ । उनले बस दुर्घटनाको कारण खुलेको बताए । यसबारे अनुसन्धान भइरहेको उनको भनाई छ। 

 

प्रतिक्रिया दिनुहोस्