सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टी



धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधीमा २६ जनामा कोरोना पुष्टी भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालामा गरिएको २ सय ५८ स्वाव परिक्षण मध्य २६ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सवै संक्रमति कञ्चनपुरका हुन् । संक्रमित हुनेमा वेल्डाँडी गाउँपालिकाका २ महिला र ११ पुरुष तथा शुक्लाफाँटा नगरपालिकाका ३ महिला र १० पुरुष रहेका छन् । यो संगै सुदूरपश्चिममा कुल संक्रमतिको संख्या ४ हजार ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्