बझाङ अाइतबार दिनभर सञ्चार बिहीन



काठमाडाैं : बझाङमा नेपाल टेलिकमका सबै सेवा ठप्प भएका छन् । नेपालीहरुका महान चाडपर्वले गाउँबस्तिमा छाएका बेला बझाङ भने सञ्चार बिहीन भएकाे छ । अाफन्त तथा मित्रजनसँग शुभकामना अादानप्रदान र खबर प्राप्त नहुँदा बझाङबासी टेलिकमप्रति अाक्राेसत बनेका छन् ।

 

हिजाे अस्ति एक मिनेट अाउने १० मिनेट हराउने गर्दथ्याे तर अाइतबार भने बझाङमा रहेका सबै रिपिटर टावर निस्क्रिय बनेका छन् । जिल्लाका केही ठाउँमा अन्य जिल्लाका नेटवर्कले काम गरेपनि अधिकांश ठाउँमा फाेन र इन्टरनेट दुवै ठप्प भएका छन् ।

 

केही ठाउँमा एनसिएल र स्मार्ट टेलिकम भएकाले उनीहरुलार्इ राहत भएकाे छ भने नेपाल टेलिकमका गाह्रकलार्इ सास्ती भएकाे छ । सदरमुकाम चैनपुरमा शनिबार रातिदेखि अन्धकार छाएकाे छ ।

 

जिल्लामा सञ्चालित ६ वटा एफएम रेडियाेलार्इ समाचार, सुचना प्राप्त गर्नदेखि कार्यक्रम सञ्चालन गर्न कठिन हुँदै अाएकाे छ । पाँच महिनादेखि वार्तालेकमा रहेकाे टावरमा रेडियाे लिङ्कमा समस्या अाएकाे थियाे । पटक-पटक सुधार गरिदिन अाग्रह गर्दा पनि टेलिकमका कर्मचारीले चासाे नदेखाएकाे स्थानीय समिर बाेहराले बताए ।

 

नेटवर्क नहुँदा अाक्राेसित बनेका सेवाग्राहीले सिमकार्ड र फाेनलाइन नै फिर्ता गर्नेसम्मका अाक्राेस व्यक्त गर्न थालेका छन् । सुनिपिपल माविका शिक्षक नरेन्द्र उपाध्यायले सामाजिक सञ्जालमा अाक्राेस व्यक्त गर्दै लेखेका छन्, 'बझाङका दुरसञ्चारका साथिहरुकाे के पारा हाे याे ? बझाङमा नमस्तेकाे नेटवर्क २ मिनेट अाउँछ दिनभरी गायब हुन्छ । फाेन गर्नासाथ गायब हुन्छ । तनाव भइसक्याे । लगेका भ्वाइस प्याक र डाटा प्याक खेर गइरहेका छन् । तिमिहरुका सिम फिर्ता लैजाउ । '

 

उता क्षेत्रिय निर्देशनालय अन्तरर्गत डडेल्धुराका प्राविधिक सुमिर महर्जनले द नेपाल टपसँग कुरा गर्दै भने, 'समस्या दसैं सुरु हुनुभन्दा पहिलेदेखि नै अाएकाे हाे । वार्तालेकमा रहेकाे टावरमा रेडियाे लिङ्कमा समस्या अाएकाे थियाे । दसैं परेकाले ढिलाे भयाे । अाइतबार अावश्यक सामान सहित प्राविधिक टाेली अत्तरियबाट हिँडिसकेकाे छ । निके टाढा भएकाले अाइतबार समस्या समाधान हुन सक्दैन । साेमबार मात्रै बझाङमा हाम्रा सेवाहरु सुचारु हुनेछन् ।'

प्रतिक्रिया दिनुहोस्