सहमति उल्लंघन गरे सिकेलाई प्रतिबन्ध लगाउने मन्त्री महासेठको चेतावनी



जनकपुर : भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रघुवीर महासेठले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले सरकारसँग गरेको सहमति उल्लंघन गरे प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। 

शुक्रबार जनकपुरमा पत्रकारसँग कुरा गर्दै सिके समूहले सम्झौता विपरीतका गतिविधि गरे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकै जस्तो हालत हुने बताए। चन्द नेतृत्वको कम्युनिस्ट पार्टीका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएको छ। 

मन्त्री महासेठले विप्लव नेतृत्वको पार्टीलाई शान्तिपूर्ण राजनीतिमा आउन आह्वान गरेका छन्। मन्त्री हेरफेरबारे नेकपाभित्र कुनै निर्णय नभएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्