वडाध्यक्षको मोटरसाइकलमा आगजनी



कैलाली : डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का अध्यक्ष पदम विष्टको मोटरसाइकलमा गए राति आगजनी भएको छ । अज्ञात समूहले गए राति करिब १२ बजे अध्यक्ष विष्टको से७प ३६९० नम्बरको मोटरसाइकलमा आगजनी गरेको बेलापुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर सार्कीले जानकारी दिए।

घरमै पार्किङ गरेको मोटरसाइकल केही दिनअघि मात्र वडा कार्यालयको नाममा खरिद गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्