एएफसी यु–२३ च्याम्पियनसिप छनोटका लागि नेपाली टोलीको घोषणा



काठमाडौं : कतारमा आयोजना हुने एएफसी यु–२३ च्याम्पियनसिप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रतियोगिताका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको हो।

 समूह ‘ए’ मा रहेको नेपालले आयोजक कतार, ओमान र अफगानिस्तानसँग छनोट खेल्नेछ। नेपालले मार्च २२ मा पहिलो खेल ओमान खेल्नेछ। त्यस्तै नेपालले मार्च २४ मा कतार र अन्तिम खेलमा मार्च २६ मा अफगानिस्तानसंग खेल्नेछ। छनोटको शीर्ष टोली एएफसी यु–२३ च्याम्पियनसिपका लागि छनोट हुनेछ।

साथै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन्। सन् २०२० मा थाइल्याण्डमा हुने च्याम्पियनसिपका लागि दोहामा छनोट हुन लागेको हो। 

घोषित २३ सदस्यीय टोली

अनन्त तामाङ, बिमल घर्ति मगर, अन्जन बिष्ट, अविशेक रिजाल, विश्वास श्रेष्ठ, दिनेश राजवंशी, गौरब बुढाथोकी, सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ र अर्पण कार्की रहेका छन्।

यस्तै हेमन्त थापा मगर, कमल श्रेष्ठ, असिम भुसाल, अमित तामाङ, एरिक बिष्ट, विकास खवास, प्रिजन तामाङ, धिरज श्रेष्ठ, रोमन रसाइली, सुमन अर्याल, नितिन थापा र दिप कार्की टोलीमा परेका छन्। टोलीको मुख्य प्रशिक्षक बाल गोपाल महर्जन र सहायक प्रशिक्षक सुमन श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्