नेकपा सचिवालय बैठक अाज पनि सूचना टाँस गरी स्थगित



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। आज (आइतबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक आक्ष्तबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ।

 

११ बजेसम्ममा सबै सचिवालय सदस्यहरु उपस्थित हुन नसक्ने भएपछि बैठक २ बजेका लागि सारिएको सूचना केन्द्रीय कार्यालय, धुम्बाराहीमा टाँसिएको छ।

 

यसअघि गत असोज २४ र २७ गते बोलाइएको बैठक पनि बस्न सकेको थिएन। आन्तरिक तयारी नपुगेको तथा दसैंका बेला नेताहरु काठमाडौंमा उपलब्ध हुन नसकेको भन्दै सूचना टाँस गरी बैठक स्थगित गरिएको थियो।

 

आज बस्ने बैठकमा पार्टी र सरकारको कामको समीक्षा तथा जिल्ला कमिटीको एकीककरण प्रक्रियासम्बन्धी कार्यसूचीमाथि गम्भीर छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्