मन्त्री महासेठद्धारा धनुषमा ३ वटा पुलको शिलान्यास



जनकपुर : भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले शुक्रवार धनुषामा ३ वटा पुलको शिलान्यास गरेका छन् ।

उनले शुक्रवार एक समारोहका बीच भारत सरकारको लगानीमा निर्माण भइरहेको धनुषाको ढल्केवर—जनकपुर—जटही ६ लेन सडक अन्तर्गत पर्ने जनकपुर उपमहानगरपालिका २३ बसहिया स्थित दुधमति पुलको शिलान्यास गरे ।

त्यसै गरी नगराइन नगरपालिका गंगुली स्थित जल्लाद पुल र जटहीको जमुनी पुलको पनि मन्त्री महासेठले शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले अबको ४ वर्षभित्र मुलुक विकासको समृद्धिमा फड्को मार्ने बताए । पुलको शिलान्यास गर्दै मन्त्री महासेठले समयमा निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्