५ हजार चल्ला नष्ट



वीरगन्ज : वीरगन्ज भन्सार कार्यालयले प्रतिबन्धित बोइलर कुखुराको चल्लासहित २ वटा भारतीय नम्बरका मोटरसाइकल नियन्त्रणमा लिएको छ । राजश्व तथा गस्ती सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोलीले ५ हजार कुखुराका चल्ला नियन्त्रणमा लिएको हो ।  

भारतीय नम्बर बिआर५एल ५५३० र बिआर२२जे ०९१९ को मोटरसाइकलमा ५१ कार्टुनमा लोड गरिएको ५ हजार प्रतिबन्धित कुखुराको चल्ला अबैध रुपमा सिमावर्ती शहर रक्सौलबाट वीरगन्ज भित्र्याउदै गर्दा इनर्वाबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले बताए । पक्राउ गरिएको चल्लालाई पशु क्वारेन्टाइन, नेपाल प्रहरी, वीरगन्ज कार्यालयका प्रतिनिधी, पत्रकार र स्थानीयको रोहबरमा नष्ट गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्