अस्मिता र केकीसँगै परिश्रमीको मायाको घरबार



काठमाडौं– वरिष्ठ गीतकार डीपी दाहाल परिश्रमीले मायाको घरबार नामको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । डिलाइटेड नेपालको प्रस्तुती रहेको गीतमा परिश्रमीले मायाप्रेमको कथा उजागर गरेका छन् ।

मर्मस्पर्शी शब्दका खानी रहेका परिश्रमीले यस गीतमा मायाप्रेममा रहेका युवायुवतीमा उब्जिने मनका कुरादेखि लिएर आफ्नो मायालाई पारिवारिक तहमा कसरी लैजाने भन्ने सम्मका शब्द समेटेका छन् ।

नेपाल आइडलकी गायीका अस्मिता अधिकारी र पुरुषोत्तम सुवेदीले स्वर दिएको उक्त गीतमा नेपाली चलचित्र क्षेत्रका स्थापित नायक पुष्प खड्का र नायिका केकी अधिकारीले अभिनय गरेका छन् ।

लोकलयलाई समेटेर बनाइएको यस गीतमा गायक सुवेदीले नै संगीत दिएका छन् । ह्वाइट मिडियाको निर्माण संयोजन रहेको भिडियोको सम्पादन एवं निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् । म्युजिक भिडियो अर्जुन तिवारीले खिचेका छन् भने प्रवीन थापाले कोरियोग्राफी गरेका छन् । उक्त म्युजिक भिडियो डिलाईटेड नेपाल युटुब च्यानलमार्फत् बजारमा ल्याइएको पनि गीतकार परिश्रमीले जनाए ।

गायक सुवेदीले नै संगीत गरेको उक्त लोकलयमा आधारित गीतमा परिश्रमीले मर्मस्पर्शी शब्दलाई समेटेका छन् ।

मनको ढोका खोलेर भन
पिरतीमा नगर दोमन
असलीलाई चहिदैन कसी
थाहहुन्न दिल भित्र नबसि
हित्त चित्त मिलाउने पियार
पक्कागरौ मायाको घरबार
तिम्रो कुरा भर गर्नु कसरी
घरमा फेरी भन्ने हो कसरी……

प्रतिक्रिया दिनुहोस्