विप्लव समूहमाथि धरपकड सुरु : पोलिटब्यूरो सदस्य पक्राउ



काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ पक्राउ पजरेका छन्। शुक्रबार साँझ ललितपुरस्थित उनको डेराबाट महानगरीय प्रहरी अपराध महाशाखाबाट खटेको टोलीले पक्राउ गरेको हो ।

केही दिनअघि नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले उक्त पार्टीका नेता कार्यकर्तालाई जहाँ देखे पनि पक्राउ गर्दै आएको छ । यस्तै नेकपाका उदयपुरका जिल्ला सदस्य तिलक तामाङ (आक्रोश)लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनले त्रियुगा नगरपालिका ७ चिसापानीबाट पक्राउ गरेको थियो। 

विप्लव समूहको गतिविधिलाई प्रतिबन्ध लगाएपछि पक्राउ परेका उनलाई विप्लवसमूहले आह्वान गरेको नेपाल बन्दका दिन राति ८ बजे पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ। यस्तै नेकपाले सेक्रेटरी प्रशान्तले एक विज्ञप्ती जारी गर्दै राजनीतिक प्रतिशोध राखेर सुराकी गरेर आफ्ना पार्टीको जिल्ला सदस्यलाई पक्राउ गरेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्