जेठ १३ देखि बुद्ध एयरको कोलकाता उडान हुने



काठमाडाैंः बुद्ध एयरले आगामी १३ जेठदेखि काठमाडौं–कोलकाता उडान भर्ने भएको छ । २ वैशाखबाटै उडान भर्ने योजना बनाए पनि भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको कम्पनीले जनाएको छ । बुद्धले एटिआर ७२–५०० जहाजमार्फत साताको तीन दिन उडान भर्नेछ । भारतीय यात्रुका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेज पनि सञ्चालन गर्नेछ । 

 

प्रतिक्रिया दिनुहोस्