तलबबाट सर्पदंश केन्द्रलाई सहयोग



लहान : सर्पदंश उपचार केन्द्रको उपकरणका लागि प्रदेशसभा सदस्य रुवीकुमार कर्णले आफ्नो तलबबाट नगद सहयोग प्रदान गरेका छन्। 

सर्पदंश केन्द्र उपकरण खरीदका लागि प्रदेशसभा सदस्य कर्णले फागुन महीनाको तलबबाट रु ४० हजार ५ सय नगद सहयोग प्रदान गरेका हुन्। केन्द्र व्यवस्थापन समितिका अध्यक्ष उसमान मियाँलाई शुक्रबार प्रदेशसभा सदस्य कर्णले सो रकम हस्तान्तरण गरेका थिए। 

स्थानीयको सुविधालाई दृष्टिगत गरी सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा नेपाली सेना भिम दल गणले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि सुरक्षा वेश टोली स्थापना गरिसकेको तर आवश्यक औजार तथा उपकरण जुटन नसकेका कारण सञ्चालनमा समस्या भइरहेकाले आफ्नो तलबबाट आर्थिक सहयोग गरेको प्रदेशसभा सदस्य कर्णले बताए। 

सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेता एंव सो नगरपालिकाका प्रमुखका प्रत्यासी जयप्रकाश चौधरीले अक्सिजन प्लान्ट एक थान उपलब्ध गराउने प्रतिबद्धता जनाए। 

 

प्रतिक्रिया दिनुहोस्