‘हामीलाई तेस्रोलिंगी शब्द प्रयोग नगरिदिनू, हामी भिन्नै हौं’



मितिनी नेपाल यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधिमूलक संस्था हो। यस्ता समुदायको हक अधिकारबारे यसले वकालत गर्दै आएको छ। यसै संस्थासँग जोडिएर आउने नाम हो, लक्ष्मी घलान। यस संस्थाको उनी संस्थापक नै हुन्। सन् २००२ देखि मितिनी सपोर्ट ग्रुपको नाममा स्थापित यो संस्था सन् २००५ देखि मितिनी सपोर्ट गु्रपको नाममा वैधानिक रुपमा दर्ज भयो। उनै संस्थापक घलानसँग दनेपाल टपकी सुस्मिता लालले गरेको कुराकानीको सम्पादित अंश।

–मितिनी नेपाल कस्तो संस्था हो ?

यो महिला समलिंगीहरुको हक अधिकार स्थापित गर्ने गैरसरकारी सामाजिक संस्था हो। सन् २००५ मा यो स्थापना भएको हो। स्थापनाकालदेखि नै निरन्तर हामी महिला समलिंगीहरुको अधिकारकाको पक्षमा वकालत गर्दै आएका छौं। 

–यसले खासगरी के काम गर्छ? 

विशेष गरी यो संस्थाले महिला समलिंगीहरुको यौनिकता पहिचान गराउने, उनीहरुको अस्तित्वको कदर गर्ने वतावरण तयार पार्ने काम गर्छ। परिवार तथा समाजबाट बहिस्कृत महिला समलिंगीलाई त्यही समाजमा पुनस्र्थापना गराउँछ। मानव अधिकारको रक्षा गर्छ। लैंगिक तथा यौनिक पहिचान तथा व्यवहारका आधारमा गरिने हरेक भेदभाव तथा दुव्र्यवहारविरुद्ध सशक्त आवाज उठाउने काम पनि यसले गर्छ। यस संस्थाले अप्ठ्यारोमा परेका महिला समलिंगीलाई कानुनी उपचारको लागि पहल गर्ने तथा परामर्श दिने काम गर्छ। साथै सीपमूलक तथा क्षमता अभिवृद्धिका कार्यक्रममार्फत महिला समलिंगीहरुलाई सशक्तीकरण गरी आत्मनिर्भर बनाउने काममा सहयोग गर्छ। 

–यसले कस्ता कस्ता कार्यक्रम गर्दै आएको छ? 

विशेष गरी बहस तथा पैरवी, सीपमूलक कार्यक्रम, क्षमता विकास, सामजिक मनोपरामर्श, अध्ययन तथा अनुसन्धान र सचेतनामूलक जस्ता काम गर्छ। गरिरहेछ। 

–समलैंगिकता भनेको चाहिँ खासमा के हो? तेस्रोलिंगीबाट छुट्याउने खास आधार के हो?  

समान लिंग भएका अर्थात् महिला–महिला र पुरुष–पुरुष बीच हुने शारीरिक तथा भावनात्मक यौन आकर्षण नै समलैंगिकता हो। यसमा महिला समलिंगी, पुरुष समलिंगी, वाइसेक्स्युअल, ट्रान्सजेन्डर पुरुष र ट्रान्स जेन्डर महिला पर्छन्। हामीलाई तेस्रोलिंगी शब्द प्रयोग नगरिदिनु, हामी भिन्नै हौं। 

–तपाइँ यौनिक तथा अल्पसंख्यकहरुको नेतृत्वमा यति लामो समय लाग्नुभएको भएको रहेछ। यस बीचमा धेरै उतारचढाव आए होलान् नि!

म आफैं यौनिक तथा अल्पसंख्यकहरुको समुदायबाट भएको हुनाले सुरुमा मलाई मितिनी नेपाल संस्था खोल्दा धेरै समस्या भयो। जब म खुलेर आएँ, अनि समस्याहरु विस्तारै कम हुँदै गए। अहिले त जहाँ समस्या त्यहीँ उपाय झैं लाग्न थालेको छ। तुलनात्तक रुपमा अहिले धेरै सहज छ काम गर्न। हाम्रो समाजमा यौनिक तथा अल्पसंख्यकहरुको समस्या खासै बाहिर आउँदैन। हामीलाई देश, समाज र परिवारले हेर्ने दृष्टिकोण पनि त फरक छ। 

–विदेशमा समलिंगी विवाहको प्रावधान कस्तो छ ?

विदेशमा यसले विवाहको कानुनी मान्यता पाइसकेको छ। लाखौं समलिंगी खुसी छन्। नेदरल्यान्ड, बेलायत, फ्रान्स, अस्ट्रेलियामा यस्तो विवाहले मान्यता पाइसकेको छ। अमेरिकामा राष्ट्रपति निर्वाचनताका समलिंगी विवाहलाई वैधानिकता दिइने एजेन्डा नै बोकेर बाराक ओबामा चुनावी मैदानमै उत्रिएका थिए। करिब विश्वका १५ राष्ट्रमा यसले कानुनी मान्यता पाइसकेको छ। भारत, पाकिस्तानलगायत राष्ट्रहरुमा भने अझै ‘सोरेमी ल’ भएकाले यस्तो विवाहले मान्यता पाउन सकेको छैन। कतिपय देशमा समलिंगी र तेस्रोलिंगीलाई अप्राकृतिक मान्ने गरिन्छ। समलिंगी विवाह वा प्रेमलाई यौनिक हिंसाका रूपमा लिने प्रचलन अझै छ। 

–नेपालमा चाहिँ समलिंगी विवाहको प्रावधान र यसको अवस्था कस्तो छ त?

नेपालमा यसलाई कानुनी मान्यता दिने÷नदिने विषयमा अध्ययन गर्न सन् २००७ मा सात सदस्यीय समिति तयार भएको थियो। समितिको अध्ययनले नेपाल सरकारलाई समलिंगी विवाहलाई कानुनी मान्यता दिने गरी कानुन सुधार गर्न सिफारिस गर्छ’ भनिएको थियो। हुन त केही वर्षअघि सर्वोच्च अदालतले उमेर पुगेका जोसुकै दुई जना सँगै बस्न पाउने ‘लिभिङ टुगेदर’ को कानुनी व्यवस्था गरिदिए पनि समलिंगी विवाह पनि बहसको विषय बनेको छ। 

नेपालमा सर्वोच्च अदालतको सन् २००७ मा समलिंगी, तेस्रोलिंगीलाई प्राकृतिक भन्दै अन्य नागरिकसरह समान हक अधिकार प्राप्त हुने र विभेदकारी कानुन संशोधन गरी विभेद गर्न नपाइने भनी व्याख्या गरेको र सरकारका नाममा निर्देशनात्मक आदेश पनि जारी गरेको थियो। यसैबाट समलिंगी तेस्रोलिंगी विवाहले पनि पहिलोपल्ट नेपालमा वैधता पाएको हो। सर्वोच्चले मान्यता दिएको करिब ९ वर्षपछि नेपालको संविधान २०७२ मा मौलिक हकका रूपमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई  लैंगिक पहिचान, समानता र सामाजिक न्यायको हक हुने उल्लेख गरियो।  यसपछि यसले संवैधानिक सुनिश्चितता पाएको हो।

–कतिपयले तपाईंहरु समाजविरोधी हो, उत्तराधिकारी पाउने नैसर्गिक अधिकारमाथि तपाईंले हस्तक्षेप गर्नुभयो, विदेशीहरुको संस्कार भित्र्याउनुभयो भन्ने आरोप छ नि?

हामी माथि आरोपहरु लागेकै छन्। कतिले हाम्रो छोराछोरी बिगा¥यो भनेर भन्ने गर्थे वा विदेशी संस्कार भित्र्याएको आरोप पनि लगाए। तर वास्तवमा यो त प्रकृतिले दिएको हो। यो कुनै गलत होइन भन्ने कुरा बुझ्नुपर्छ। 

हामीलाई सहरमा कोठा पाउन गाह्रो हुन्छ, मान्छेहरुले हाम्रो कुरा बुभ्mदैनन् र हामीलाई गलत नजरले हेर्छन्। हामीलाई पनि भगवानले नै बनाएको हो। त्यसैले हामीमाथिको विभेद रोक्न जरुरी छ। यस्तो समस्या सहरमा भन्दा गाउँमा बढी छ। यसको कारण त्यहाँका मानिसलाई यो कुरा थाहा हुँदैन। गाउँतिर समलिंगीहरुलाई परिवारले नै घरबाट निकाल्ने, दुःख दिने, खानाबस्न नदिने गरेका छन्। यसले समस्या मात्र बढाउने काम गरेको छ। यसलाई कम गर्न सबैलाई यौनिक तथा अल्पसंख्यकबारे जानकारी गराउनु पर्छ। 

–सरकारले यस समूहका लागि के सहयोग गर्नुपर्छ भन्ने तपाईंलाई लाग्छ?

सेल्टर होमको व्यवस्था गरिदिनुपर्छ सरकारले। साथै उनीहरुले स्वतन्त्र रूपमा शिक्षा लिने र काम गर्ने वातावरण बनाइदिनुपर्छ। यो समस्यालाई परिवार, समाज र राज्यले बुभ्mनुपर्छ। यौनिक तथा लैंगिक अल्पसंख्यकहरु समाजमा हरेक क्षेत्रमा अझै असुरक्षित छन्।

परिवार, विद्यालय र कार्यालय मात्र नभएर राज्यका विभिन्न निकायमा समेत उनीहरु अपमानित भएर बसेका छन्। प्रताडित हुने गरेका छन्। तेस्रोलिंगीहरूको समस्या अन्यको भन्दा साझा हो भनेर बुभ्mन जरुरी छ। साथै यस समूहका मानिसलाई आरक्षणको पनि व्यवस्था गर्नुपर्छ। उनीहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ। 

 

प्रतिक्रिया दिनुहोस्