फ्राइडे रिलिजमा ‘द म्यान फ्रम काठमाडौँ’,‘जानी नजानी’ र ‘पुरानो बुलेट’



काठमाडौं : आज एकैसाथ तीन नेपाली फिल्म रिलिज भएको छ । आज ‘जानी नजानी’, ‘द म्यान फ्रम काठमाडौँ’ र ‘पुरानो बुलेट’ रिलिज भएको छ । देशभरमा एकसाथ यि फिल्महरु प्रदर्शनमा आएका छन् ।   

‘द म्यान फ्रम काठमाडौँ’: यो फिल्म नेपालमा बनेको पहिलो अङ्ग्रेजी फिल्म हो । यस फिल्मको लागत ५ करोड भन्दा बढि रहेको छ । यस फिल्मलाई नकिम उद्दिनले निर्माण गरेका छन् । यस फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका छन् । यस फिल्ममा बलिउड कलाकार गुलशन ग्रोवर, आना शर्मा, शिशिर बाङ्देल, अमेरिकी नायक जोसे म्यानुअल, पाकिस्तानी नायक हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, नीर शाह, आमिर गौतम लगायतको अभिनय रहेको छ ।

यस फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथालाई देखाएको छ ।  यस फिल्मको प्रिमियर फागुन ३० गते गरिएको थियो । 

‘जानी नजानी’ : यो फिल्म प्रेमकथामा आधारित छ । यो फिल्म मुलुकका ७४ पर्दामा एकसाथ रिलिज भएको छ । यस फिल्मको बितरक मनोज राठीले  मोफसलका ५२ ओटा र प्रस्तुतकर्ता रोशनी केसीले  काठमाडौँका २२ हलमा जानी नजानी रिलिज भएको छ । 

‘जानी नजानी’लाई बसन्त अधिकारीले निर्देशन गरेका छन् । यस फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्म रोशनी इन्टरटेन्मेनटको ब्यानरमा बनेको छ । यस फिल्मको निर्माता मोदनाथ खनाल र सागर काजी माली हुन् ।

पुरानो बुलेट’  : यस फिल्मको निर्देशन भिषण राईले गरेका छन् । यस फिल्ममा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी लगायतका कलाकारको अभिनय रहेको छ । यस फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई रहेका छन् । यस फिल्मको विषय प्रेमकथा रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्