एपीएफ टोलीद्वारा ८५ वटा खसी बरामद



पश्चिम नवलपरासी : पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका–५ स्थित रतनगंजबाट शुक्रबार राति एपीएफ टोलीले करीब १७ लाख रुपैयाँ बराबरको अवैध चौपाया बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको अवस्थमा उल्लेखित मूल्य बराबरको ८५ वटा खसी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी र अस्थायी सुरक्षा बेस कालिनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद चौपाया स्थानीय भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

प्रकाशित : साउन ११, २०७७

प्रतिक्रिया दिनुहोस्