उत्तर कोरियामा पहिलोपटक एकजनामा कोरोना संक्रमणको परीक्षण हुँदै



काठमाडौं : हालसम्म कोरोना शुन्य भनिरहेको उत्तर कोरियाले अहिले आएर एकजना मात्र कोरोना भाइरस संक्रमित भएको आशंकामा परीक्षण भइरहेको जनाएको छ । सरकारी समाचार एजेन्सी केसीएनएले जनाएअनुसार तीन वर्ष अघि दक्षिण कोरिया गएका एक व्यक्तिले सीमांकन लाइन पार गरेर उत्तर कोरिया आउँदा उनमा कोभिड १९ को लक्षण देखिएको छ ।

यो रिपोर्ट पुग्ने बित्तिकै उत्तर कोरियाली नेता किम जोङ उनले राज्यका शीर्ष अधिकारीसँग आपतकालीन बैठक बसेर सीमावर्ती सहर केसोङमा लकडाबन्दी लागु गर्न निर्देशन दिएका छन् । यसलगत्तै पार्टी पोलिटब्युरो बैठक बोलाएर नेता किमले भाइरस नियन्त्रणका लागि आवश्यक सबै अन्तर्राष्ट्रिय मापदण्ड अपनाउन निर्देशन दिएका छन् ।

केसीएनएले जनाएअनुसार ती व्यक्ति कसरी सीमा पार गरेर आउन सफल भए भनी त्यसको अनुसन्धान गर्न अधिकारीलाई भनेका छन् ।

उत्तर कोरियाले हालसम्म देशमा कोरोना भाइरस नभएको भनेर एक ‘उज्यालो सफलता’ भनी नेता किमले सबैको प्रशंसा गरेका थिए ।

प्रकाशित : साउन ११, २०७७

प्रतिक्रिया दिनुहोस्