च्यासल खेल मैदानको निर्माण कार्य अन्तिम चरणमा 



काठमाडौँ : ललितपुरमा रहेको च्यासल खेल मैदानको निर्माण कार्य ८० प्रतिशत सकिएको छ। वैकल्पिक प्रयोगकालागि निर्माण गरिएको उक्त मैदान आउने असार सम्ममा गा्रउण्ड बाहेकका सबै काम सकिने कम्पनीका सहायक इन्चार्ज जित बस्नेतले बताए। 

१२ देखि १५ हजारसम्म दर्शक अट्ने मैदानको १५ महिना अघि निर्माण कार्य सुरु गरिएको थियो। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले लाइट र मैदान बनाउने छ भने राष्ट्रिय खेलकुद परिषद्ले अरू कामको जिम्मा पाएको छ। 

मैदान बनाउन करिब ३५ करोडको लागत लाग्ने अनुमान गरिएको छ। १३औं दक्षिण एसियाली खेलकुद सागलाई लक्षित गरी खेलकुदको भौतिक संरचनाको निर्माण कार्यलाई तीव्रता दिएको हो। नेपालमा आयोजना हुन लागेको साग आउने डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस्