‘फेस शिल्ड’ लगाई नाकामा खटिन थाले प्रहरी


झापा : पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोभिड–१९ सङ्क्रमणको जोखिमबाट बच्न ‘फेस शिल्ड’को प्रयोग गर्न थालेका छन् । यसअघि मास्क, ग्लोभ्स र स्यानिटाइजर मात्र लगाएर सीमाको ड्युटीमा खटिने नेपाल प्रहरीले अबदेखि अनिवार्य ‘फेस शिल्ड’को प्रयोग गर्नुपर्ने नियम लगाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

पूर्वीनाका काँकडभिट्टा भारतबाट नेपालीहरू आउने मुलुकको प्रमुख स्थलनाका हो । यसै साता नाकामा कार्यरत २० सशस्त्र प्रहरीमा कोभिड–१९ सङ्क्रमण भएपछि नेपाल प्रहरीले सतर्कता अपनाएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टा मातहत सीमाक्षेत्रमा १४० प्रहरी परिचालित छन् । जसमध्ये सीमा, होल्डिङ सेन्टर, मोबाइल गस्ती र क्वारेन्टिनमा खटिएका प्रहरीलाई एन–९५ मास्क, स्यानिटाइजर, ग्लोब र ‘फेस शिल्ड’ अनिवार्य गरिएको उनले जानकारी दिए ।

कोभिड–१९ को सङ्क्रमणबाट जोगिन प्रयोग हुने ‘फेस शिल्ड’, एन–९५ मास्क, ग्लोब र स्यानिटाइजर नेपाल प्रहरीले आफ्नै खर्चमा खरिद गरेको हो । १० थान गुणस्तरीय पिपिइ सेट र ११० थान रेनकोटजस्तै सामान्य पिपिइ सेटसमेत इलाका प्रहरी कार्यालयमा तयारी अवस्थामा राखिएको छ ।

हाल कार्यालयसँग ५० थान मात्र ‘फेस शिल्ड’ भएको हुँदा सबै प्रहरीले प्रयोग गर्न पाएका छैनन् । जोखिम क्षेत्रमा खटिनेले मात्र ‘फेस शिल्ड’ लगाएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका ४५ प्रहरीको यसै साता स्वाब परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला

दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद