थप १३० जनामा कोरोना संक्रमण



काठमाडौं : आइतबार नेपालमा थप १ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्‍म १३ हजार १२८ जना निको भएर घर फर्किसकेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १३ हजार १ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

यसैगरी नेपालमा हालसम्म कोरोनाबाट ४५ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै, मुलुकका ६ जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा गौतमकाअनुसार भोजपुर, पाँचथर, रसुवा, संखुवासभा, मुस्ताङ र मनाङमा कोरोना संक्रमित भेटिएका छैनन् ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या १७ हजार ९ सय ३ छ । हाल मुलुकका २८ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६१ हजार ८ सय ६० छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८० हजार २ सय १ छन् । आज मात्रै १ सय ५ जनाले इन्ट्री गरेका छन् ।

प्रकाशित : साउन ११, २०७७

प्रतिक्रिया दिनुहोस्