अब टिकटक प्रयोगकर्ताले पाउने भए रकम



काठमाडौँ : पछिल्लो समय सर्वाधिक प्रयोग गरिने सामाजिक सञ्जाल टिकटकले अब आफ्ना प्रयोगकर्ताहरूलाई पैसा दिने भएको छ ।

चिनियाँ भिडियो प्ल्याटफर्म “टिकटक” ले करिब २० करोड डलर अर्थात २४ अर्ब रुपैयाँ बराबरको कोष बनाएर आफ्ना प्रयोगकर्ताहरूलाई पैसा दिन लागेको एक विज्ञप्ति मार्फत जनाएको छ ।

उक्त कोषबाट यो बर्षको अन्त्यतिर नगद वितरण सुरु गरिने पनि कम्पनीले जनाएको छ । टिकटकले तोकेको मापदण्ड अनुसार १८ वर्ष माथीका र आफूले नै तयार गरेका ओरिजिनल कन्टेन्टमा मात्र यस्तो रकम प्रयोग गरिनेछ ।

आगामी महिनादेखि परीक्षणको रुपमा सुरु हुने यो कार्यक्रममा कति जनाले आवेदन दिन सक्ने र कति रकम पाउने भन्ने बारेमा भने हालसम्म स्पष्ट भएको छैन ।

प्रतिक्रिया दिनुहोस्