मृगौला पीडित बोहरालाई प्रदेश सांसदको सहयोग



कैलाली : बझाङ बुङगल नगरपालिका घर भएका मिर्गौला पीडित धनबहादुर बोहरालाई सुदूरपश्चिम प्रदेशसभाका सासंदहरूले आर्थिक सहयोग गरेका छन् । 

दुवै मृगौला फेल भइ विगत तीन वर्षदेखी विर अस्पतालको डायलाइसिस वार्डमा उपचार गरिरहेका बोहराको आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन सकेको छैन् । 

किशोरावस्थामै मिर्गौला फेल भएपछि बोहरा तीन वर्षदेखि अस्पतालमै रहेको बुवा मन्वा बोहराले बताए । २०६९ सालमा धनबहादुरलाई आमाको मिगौला पत्यारोपण गरिए पनि अहिले आएर फेरी मिगौलाले काम गर्न छोडेको छ ।  

मिगौला प्रत्यारोपणपछि महँगा औषधि सेवन गर्नुपरेको र औषधि खरिद गर्न आर्थिक अभाव भएपछि छोराले औषधि सेवन गर्न छोडेको पीडित किशोरका बुवाले गुनासो गरे । 

आर्थिक संकलनकै शिलशिलामा शुक्रबार सुदूरपश्चिम प्रदेशसभामा पुगेका बोहरालाई केही प्रदेश सांसदले आर्थिक सहयोग गरेका छन् । 

पीडित बोहराको परिवारलाई निर्वाचन क्षेत्र ‘ख’ बझाङका सांसद देवकी मल्ल, बझाङकै अर्का सांसद माया तामाङ बोहरा, शुसीला बुढाथोकी, मनाकुमारी साउँद, पुर्ण जोशी लगाएतका सासंदले आर्थिक सहयोग गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्