माइभ्याली गोल्डकप : पुलिसलाई हराउँदै दाउफिन्स फाइनलमा



काठमाडौंः क्यामरुनी क्लब दाउफिन्स इलाममा जारी पाँचौं संस्करणको माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सदरमुकामको ठूलो टुँडिखेलमा शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै दाउफिन्स उपाधि नजिक पुगेको हो ।

दाउफिन्सलाई फाइनलमा पुर्याउन अहोण्डा इसाले दुवै गोल गरे । खेलको ‘म्यान अफ दि म्याच’ दाउफिन्सका टिनाटिना घोषित भए । दाउफिन्सले अब उपाधिका लागि हिमालयन शेर्पा क्लब र मेची नेत्रालय काकडभिट्टा झापाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । चैत ५ सम्म चल्ने प्रतियोगिताको विजेताले ७ लाखसहितको ‘मेयर्स कप’ र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्