जलकुम्भीले ताल कुरुप हुँदा पर्यटक आवागमनमा कमी



कैलाली : धनगढी उप–महानगरपालिका ७ देहवरीयास्थित जाखोर तालमा पर्यटक आवागमनमा कमी आएको छ । तालमा जलकुम्भी भरिएर कुरुप बन्दै गएपछि पर्यटकको संख्यामा कमी आउन थालेको हो । विगतमा आन्तरिक पर्यटकको भिड लाग्ने जाखोर तालमा सरसफाई नभएपछि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको हो । ताल कैलाली बहुमुखी क्याम्पसबाट १ किलोमिटर पूर्व रहेको छ ।

तालको रेखदेख र संरक्षण गर्न स्थानीय समितिले जिम्मा लिए पनि पछिल्लो समय तालको सरसफाईमा चासो नदिएको पाइएको छ । तालको उत्तर दक्षिण शिव मन्दिर रहेको छ । जहाँ शिवरात्रीमा मेला लाग्ने गर्दछ । पर्यटन प्रवर्द्धन गर्न तालको दक्षिण पश्चिममा प्रवेश मार्गसँगै एउटा उद्यान रहेको छ । जहाँ धेरै थरिका फूल र अन्य वनस्पतिका नमुना राखिएका छन् । ताल जाने बाटो कच्ची छ ।

बाटोमा पर्ने रुखहरू काट्ने अनुमति नदिएका कारण बाटो बन्न नसकेको महानरपालिकाले जनाएको छ । बाटोमा रुखैरुख भएका कारण आवतजावतका लागी सवारी साधान आहोर दोहोर गर्दा दुर्घटनाको अत्याधिक जोखीम बढेको संरक्षण समितिले कर्मचारी चैतराम रानाले बताए । ताल अवलोकनका लागी विगतका शनिबार ५ देखी ६ सय र अन्य दिन २ देखि ३ सयको हाराहारीमा स्थानीय र बाह्य पर्यटकको घुईचो लाग्ने गरेको थियो । तर, पछिल्लो समय भने पर्यटकको संख्यामा कमी आएको रानाले बताए । 

प्रतिक्रिया दिनुहोस्