खुमलटारमा प्रचण्ड–नेपाल समूहका नेताहरुको भेला



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी कमिटी सदस्यहरु प्रचण्ड निवास खुमलटारमा भेला भएका छन् ।

स्थायी कमिटी बैठकको रणनीति तय गर्न प्रचण्ड–नेपाल निकट स्थायी कमिटी सदस्यहरु प्रचण्ड निवास खुमलटारमा भेला भएका हुन् ।

पार्टीभित्र देखिएको गतिरोधको निकासका विषयमा छलफल गर्न आफूहरू भेला भएको प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

गत असार १० गतेबाट शुरु भएको नेकपा स्थायी कमिटी बैठक पटक–पटक अवरुद्ध हुँदै आएको छ । ६ साउनमा केही बेर बसेर स्थागित भएको बैठक भोलि (मंगलबर) ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

स्थायी कमिटी बैठक चलिरहेकै बेला अध्यक्ष एवं प्रधानमन्त्री ओलीको राजीनामाको विषय प्रवेश भएपछि नेकपाभित्र विवाद चर्किएको छ ।

दुई अध्यक्षबीच पटक–पटक छलफल भएपनि ठोस निकास निक्लिएको छैन । नेताहरूले सार्वजनिक मञ्चबाटै एकअर्काविरुद्ध अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद झन् चर्किएको छ ।

प्रचण्ड–नेपाल समूह अध्यक्ष ओलीलाई दुवै पदबाट हटाउन चाहान्छन् भने ओली कुनैपनि हालतमा राजनीनामा नदिने अडानमा छन् ।

प्रकाशित : साउन १२, २०७७

प्रतिक्रिया दिनुहोस्