१ जनवरी २०२० मा बुटिक विमानस्थल उद्घाटन



काठमाडाैंः १ जनावरी २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक विमानस्थलका रुपमा उद्घाटन हुने भएको छ । मन्त्रिपरिषदको बैठकले बुटिक विमानस्थलसम्बन्धी कार्यविधि पारित गरेसँगै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बुटिक हुने भएको हो ।

विमानस्थलमा देशको कला संस्कृति झल्कने तर आधुनिक सेवा सुविधा उपलब्ध हुने गरी रुपान्तरण हुनेछ । त्यसका लागि पहिलो चरणमा चैत्रभित्र टर्मिलन, बगैँचालगायतमा सुधार गर्ने पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए । त्यस्तै, दोस्रो चरणमा वैशाखभित्रदेखि १५ पुसभित्र सबै कार्य सम्पन्न गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा रुपान्तरण गरिने सहसचिव उपाध्यायले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्